Tuesday, June 28, 2016

नारायणगढ-मुग्लिन खण्डमा दैनिक पहिर


ठूला सवारीका लागी राजधानी जाने आउजाउका लागि बैकल्पिक मार्ग नभएकाले स्थानीय प्रशासनलाई टाउको दुखाई भएको छ । २ दिन अघि मध्यमाञ्चल क्षेत्रीय प्रमुख मुकुन्द्रप्रकाश घिमिरे सहितको टोलीले पहिरो स्थलको निरिक्षण गरेको थियो । विश्व बैंकको २ अर्ब ९० करोड ऋण सहयोगमा नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत सडक बिस्तार तथा स्तरोन्नतिको काम सुरु गरेपछि पहिरोको जोखिम बढेको हो । 'हामिले सडक आयोजनालाई जतिसक्दो छिटो काम सक्नुस भनेका छौ' प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिहले भने, 'बैकल्पिक मार्ग नभएकाले समस्या बढेको छ ।' पहिरोले ठुलो दुर्घट्ना निम्त्याउन सक्ने भन्दै स्थानीय प्रशासन तनावमा छ । प्रशासनले साना सवारीलाई हेटौडा हँुदै राजधानी जान भनेको छ । ठुलालाई पहिरोमा बढी खतरा छ । साँगुरो सडक भएकाले पहिरो गएको बेला रोकिदा जोखीम हुने गरेको छ ।
https://youtu.be/gJaS1YKOqrs
नारायणगढदेखि १७ किलो मिटर परको गाईघाट, २२ किलोमिटरको घुमाउने, २७ किलोको जलबिरे र ३३ किलोमिटर परको कालिखोला सम्मको सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको सडक निर्माण आयोजनाले जनाएको छ । पहिरो जोखीम क्षेत्रमा मानवीय र अन्य भौतिक क्षतिबाट जोगीन आयोजनाले  सजग भएर यात्रा गर्न अपिल समेत गरिएको छ । पानी परेको बेला र रातमा उक्त सडक भएर यात्रा गर्दा पहिरो जाने क्षेत्रमा गाडी रोक्ने र लाइनमा बस्ने काम नगर्न आयोजनाको अनुरोध छ । असार महिना लागे पछिको १२ दिनको अवधिमा झण्डै ५५ घण्टा सडक अबरुद्ध भएको छ । आयोजनाका ईन्जिनियर शिव खनालले भने, 'पहिले पहिरो जाने स्थानमा सडक सुधारको क्रममा कटिंग गरेकाले अहिले लगातार खसेको हो ।' सडक बिस्तारको क्रममा पहाड काटेर फराकिलो बनाउन डि्रल गर्नुपर्छ । सडकका प्राविधिकहरु भन्छन् 'यसले पहाडलाई कमजोर बनाइदिन्छ ।'

आयोजनाले पश्चिमबाट आउने सबारीलाई पृथ्वि र सिद्धार्थ तथा पश्चिमबाटका साना सबारीलाई त्रिभुवन र बीपी राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ । 'ठुलो सबारीको हकमा भने पहिरो छिचोलेर जानु बाहेक बिकल्प छैन खनालले भने, ।' नारायणगढ मुग्लिन सडकखण्डलाई चार लेन बनाउन सुरु गरिए पछि पहिरोलेे राजधानी आउने र जाने यात्रीलाई सास्ती दिएको छ । पहिरो गएको सयमा १४ घण्टा सम्म यात्रुहरु अलपत्रमा परेको पाईएको छ । धुमक बसका चालक अपिल क्षेत्रीले पहिरो खसेर जाममा बस्नु परेको बेला ज्यानै जाने डर हुने गरेको बताए । उनले भने, 'पहिरोले ज्यान जाने भो ।' पहिरो पन्छाउन आयोजनाले ठाउँठाउँमा डोजर र एक्साइभेटर प्रयोग गरेको छ । सबारी ब्यवस्थित गर्न पहरो क्षेत्रमा सडकका प्राविधिक संगै प्रहरी र ट्राफिक प्रहरी खटिइएका छन् । यहाँ दैनिक ८ हजार सवारी साधन गुड्ने गर्छ ।

चर्को मुल्य

पहिरोले सडक अवरुद्ध हुँदा मुग्लिन बजारका खुद्रा तथा होटल ब्यवसायीले महंगोमा समान बिक्रि गरेको यात्रुको गुनासो छ । बन्दको मौका छोपी चाउचाउ, पानी, बिस्कुट, फलफुल लगाएतका समानको चर्को मुल्य लिने गरेका छन् । केही दिन यता लगातार झरेको पहिरोले पश्चिम नेपालबाट चितवनहुदै काठमाडौ र पोखरालगायत विभिन्न स्थानमा आवतजावत गर्ने सयौं सवारीसाधन र यात्रुहरु बीचबाटोमै रोकिएका थिए ।

त्यस क्रमा ५ किलोमिटर सम्म हिंडेर यात्रुहरु कुरिनटार, मुग्लिन लगायतका बजारमा खाना कै लागि पुग्ने गरेका छन् । जामले भोक र प्यासले अत्तालिएका यात्रुहरु थप महंगीको मारमा परेका छन् । उनिहरुलाई स्थानिय ब्यापारीले चाउँचाउँको ६०, आलुचिप्स १ सय, र पिउने पानी बोत्तलको ४० रुपैंयासम्म लिएका छन् । निजगढका घिमिरेले ४० रुपैया तिरेर पानी किनेको बताए । उनले भने, 'बसका केही यात्रुहरु मुल्य बढी लिएको भन्दै ब्यापारी सित झगडा गरेका थिए ।'